स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ।
महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
‘उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढीका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाऔँ’, सूचनामा भनिएको छ।
हेर्नुहोस् सूचना–
पछिल्लो ३-६ घण्टा स्याङजा,तनहूँ,पाल्पा,गुल्मी,अर्घाखाँची, रूपन्देही,कपिलबस्तु, दाङ र आसपास अति भारी बर्षा भएको,उक्त स्थानका खहरे खोलामा #आकस्मिक बाढी हुनको साथै पहाडका कमजोर भिरालो जमिनमा #पहिरोको जोखिम,दिउँसो १बजे सम्म यात्रा गर्दा सतर्कता अपनाऔ@NDRRMA_Nepal pic.twitter.com/DkeCzhxjb3— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2023असार १९बिहान ५:२०
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
Shares
प्रतिक्रिया