महोत्तरीको रामगोपालपुरमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्।
रामगोपालपुर नगरपालिका–१ बसबिट्टि निवासी ३८ वर्षीय कौशल मण्डलले मंगलबार साँझ सोही ठाउँका ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए।
गोली लागेर गम्भीर घाइते भएका मण्डलको हाल जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।
यादवमाथि गोली प्रहार गर्ने मण्डललाई कटुवा पेस्तोल र ३ थान गोलीसहित तत्कालै पक्राउ गरिएको सिंहले बताए।
गोली प्रहार गर्नुको कारण खुलेको छैन।थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ।
18
Shares
प्रतिक्रिया