ad ad

समाज


प्राधिकरणका महानिर्देशक अधिकारीलाई फेरि सोधियो तीन दिने स्पष्टीकरण

प्राधिकरणका महानिर्देशक अधिकारीलाई फेरि सोधियो तीन दिने स्पष्टीकरण

नेपालखबर
असार २१, २०८० बिहिबार १२:१, काठमाडौँ

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फेरि तीन दिने स्पष्टिकरण सोधेको छ।

 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ७ दिनको म्याद गदिएर गत असार ११ गते सोधेको ९ बुदे स्पष्टीकरणको जवाफ नदिएपछि फेरि सोधिएको हो। 

७ दिनको समय राख‍ेर सोधिएको प्रश्नको जवाफ नआएपछि बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन भनिएक हो। 

तीन दिन समय राखेर सोधिएको स्पष्टीकरणको पनि जवाफ नदिए कानुनअनुसार प्रक्रिया अगाडि बढाएर अधिकारीलाई निलम्बन गर्ने तयारी मन्त्रालयले गरेको छ। 

गत असार ११ गते सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सोधिएको भन्दै त्यसको जवाफ आफूले दिन नसक्ने अधिकारीले सामाजिक सञ्जालमार्फत नै बताएका थिए।

स्पष्टीकरणको जवाफ नदिएसँगै अधिकारीबारेमा मन्त्रालय थप आक्रामक बनेको हो। 

मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई कालोसूचीबाट हटाउन युरोपियन युनियनले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा अलग्याउनुपर्ने सर्त राखेको बताइरहेका छन्।

तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्र्याउन कुनै आधिकारिक डकुमेन्ट नआएको बताउने गरेका छन्। 

प्राधिकरणलाई अलग नबनाउन महानिर्देशक अधिकारी आफैँ चलखेलमा लागेको आरोप मन्त्रालयले लगाएको छ।

त्यस्तै, विराटनगर, नेपालगन्जलगायतका विमानस्थलको टर्मिनल भवन निर्माण अघि बढाउन लागेका मन्त्री किरातीलाई असहयोग गरेको पनि आरोप छ। नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गराउने कुरामा अधिकारी तयार नभएपछि किराती रुष्ट छन्। 

स्रोतका अनुसार उनी विरुद्ध सम्पत्ति शुद्धिकरण र अख्तियारमा समेत भ्रष्टारविरुद्धको मुद्दा लगाउने तयारी छ।

प्रधानमन्त्रीलाई रिपोर्टिङ
पर्यटनमन्त्री किरातीले त्यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। स्रोतका अनुसार मंगलबार बिहान प्रधानमन्त्रीसँग मन्त्री किरातीले महानिर्देशकलाई प्रष्टीकरण सोधिएकोबारे जानकारी गराएका थिए। 

‘सार्वजनिक पदमा रहेको व्यक्तिले मन्त्रीको निर्देशन नटेरेको र पदीय जिम्मेवारी कार्यान्वयन नगरी अटेर गरेकोले स्पष्टीकरण सोधको छु,’ प्रधानमन्त्रीसँग किरातीको भनाइ उद्धृत गर्दै स्रोतले नेपालखबरसँग भन्यो।

जवाफमा प्रधानमन्त्रीले भनेका छन्, ‘सुशासनको पक्षमा पछि हट्दैनौँ, जनतालाई दुःख दिने, अनियमितता गर्ने, राज्यलाई ठग्ने जो सुकैलाई कारबाही गर्न नडराउनू भन्नुभएको छ।’

सरकारले २०७८ माघ २१ गते अधिकारीलाई उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरेको थियो। अन्य वरिष्ठ अधिकारीहरुलाई कनिष्ठ उनी प्राधिकरणको महानिर्देशक बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .