ad ad

समाज


भारत सरकारको ५ करोड सहयोगमा बन्यो बूढानीलकण्ठस्थित धर्मशाला

भारत सरकारको ५ करोड सहयोगमा बन्यो बूढानीलकण्ठस्थित धर्मशाला

नेपालखबर
असार २१, २०८० बिहिबार १२:४२, काठमाडौँ

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह) बुधबार उद्घाटन गरेका छन्। 

भारत सरकारको करिब ५ करोड अनुदान सहयोगमा धर्मशालाको निर्माण भएको हो। 

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो। 

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बूढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो। 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र सहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो।

नवनिर्मित साढे तीन तल्ले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने हजारौँ तीर्थयात्रीलाई सेवा दिनेछ। 

नेपालको पवित्र सांस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बूढानीलकण्ठ मन्दिरको ठूलो महत्व छ।

यस परियोजना नेपालसँग भारतको लामो समयदेखिको विकास साझेदारीकै निरन्तरता हो। 

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरे।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ। 

यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजारवटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ। 

कार्यक्रममा बूढानीलकण्ठ मन्दिरका मठाधिश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु गगन कुमार थापा प्रदीप पौडेल, भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारी उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .