काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ।
बुधबार पानीपोखरीमा बा ८२ प १२२५ को मोटरसाइकललाई बा ५ ख ३१९३ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचन गम्भीर घाइते भएकी थिइन्। घाइते गौचनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।
त्यसपछि थप उपचारका लागि ग्रान्डी पुर्याइएको थियो। बुधबार दिउँसो उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीले बस र मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ।
66
Shares
प्रतिक्रिया