ad ad

समाज


अनुमतिबिना सरकारी जग्गा लिजमा लिएर बनेका संरचनाको नक्सा पास हुँदैन : मेयर शाह

अनुमतिबिना सरकारी जग्गा लिजमा लिएर बनेका संरचनाको नक्सा पास हुँदैन : मेयर शाह

नेपालखबर
असार २१, २०८० बिहिबार १८:२३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्रका सरकारी जग्गामा सिफारिसबिना कुनै भौतिक संरचना बनाएमा नक्सा नगरिने सूचना जारी गरेका छन्। सामाजिक सञ्जालमार्फ महानगरको उच्च प्राथमिकतामा जग्गाको संरक्षण सम्बन्धि काम कारबाहीलाई राखिएको उनले बताएका छन्। 

सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट भएको पनि उनले बताएका छन्। 

महानगरले बालुवाटारस्थित ललिता निवासमा बनेका अस्थायी संरचना हटाउन ७ दिनको समयसीमा दिएको छ। उनले महानगरपालिकाको स्वीकृति बिना लिजमा लिइएको त्यस्ता संरचना स्वीकृत नहुने पनि बताएका छन्। 

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ मेयर शाहले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .