सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो।
बहुचर्चित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विराटनगरतर्फ जाँदै गरेका राउतलाई सीआईबीले पक्राउ गरेको हो।
राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ।
केही महिनाको बीचमा सरकारको उच्च तहका कर्मचारी पक्राउ परेको यो दोस्रो पटक हो। यसअघि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरेका थिए।
ललिता निवास प्रकरणमा यसअघि भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित ९ जना पक्राउ परेका छन्।
सीआईबीले सरकारी किर्ते कसुरमा असार १२ गते भाभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।
यस्तै, सीआईबीले ठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। त्यसैगरी रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएको छ।
गत १२ गते पक्राउ परेका चार जनालाई १३ गते नै जिल्ला अदालतले हिरासतमा राख्न ७ दिनको अनुमति दिएको थियो। यो मुद्दामा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सम्बन्धित समाचार
- ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित नौ जना थप सात दिन हिरासतमै रहने
- सर्वोच्चलाई सीआईबीको जवाफ : मीनबहादुरलाई छाड्दा अनुसन्धान पूरै प्रभावित हुन्छ
- ललिता निवास प्रकरण : सर्वोच्चले आदेश दिएको एक वर्षपछि प्रहरीको भ्याकेट निवेदन
- ईश्वर खतिवडाको यो आदेशले ललिता निवास प्रकरणका १७ जना हिरासत पुग्नबाट जोगिए
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति
- मीनबहादरमाथि अभियोग : ललिता निवासको २९ रोपनी जग्गा भाटभटेनीको नाममा हडपियो
- पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित, यी हुन् मुद्दा लागेका १७५ जना
- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
- ललिता निवास प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित थप चारजना पक्राउ
- मीनबहादुरसहित ६ जनाविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइँदै
- ललिता निवास प्रकरण : मीनबहादुरसहित पक्राउ पर्नेको संख्या ६ पुग्यो
- हातमा स्लाइनको क्यानोलासहित देखिए ललिता निवासका अभियुक्त (तस्बिरहरू)
Shares
प्रतिक्रिया