ad ad

समाज


सडक व्यापारीलाई लछारपछार गर्ने १२ नगर प्रहरीलाई काठमाडौं महानगरले हटायो

सडक व्यापारीलाई लछारपछार गर्ने १२ नगर प्रहरीलाई काठमाडौं महानगरले हटायो

नेपालखबर
असार २६, २०८० मंगलबार १०:३१, काठमाडौँ

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ। ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको उनले बताए।

उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए।

‘हामीले केही दिन पहिले १२ जना नगर प्रहरीलाई अमानवीय व्यवहार गरेको भन्दै विभागीय कारबाही गरेका थियौ। तर महानगर प्रहरीबाट पटक पटक अमानवीय व्यवहार भएको जनस्तरदेखि नै गुनासो आए पछि हामीले फेरी कारबाही गरेका हौ’ उनले भने। 

केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडि‌ओ सार्वजनिक भएका थिए।

कारवाहीपछि सबै नगर प्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम पनि दिन सुरु गरेको छ।

सबै नगर प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन सुरु गरेको पाण्डेले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .