ad ad

समाज


बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक

बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक

नेपालखबर
असार २६, २०८० मंगलबार ११:४३, काठमाडौँ

मंगलबार सोलुखुम्बुको लामाजुरादेखि बेपत्ता ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक भएको खुलेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले हेलिकप्टरमा मेक्सिकन नागरिक भएको जानकारी दिए।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। दूधकुण्ड नगरपालिका २ लामाजुरासम्म सम्पर्कमा रहेको उक्त हेलिकप्टर त्यसपछि सम्पर्कविहीन भएको थियो।

विमान लामाजुरा नजिक दुर्घटना भएको खबर स्थानीयले दिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .