सोलुखुम्बुको लामाजुराबाट हराएको मनाङ एयरको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त हेलिकप्टर खोज्न अल्टिच्युडको हेलिकप्टर पठाएको बताएको छ।
प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले जिल्लाबाट खोजी टोली र काठमाडौंबाट हेलिकप्टर पठाएको बताए। हेलिकप्टर ११ बजेर २५ मिनेटमा काठमाडौंबाट खोजी तथा उद्धारको लागि गएको प्राधिकरणले जनाएको छ।
विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुकै सुर्के हेलिप्याडबाट विदेशी ५ नागरिक बोकेर काठमाडौं आउँदै गर्दा सम्पर्क भएको थियो।
उक्त हेलिकप्टर लामाजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ।
हेलिकप्टरमा २ पुरुष र तीन महिला गरी पाँच जना मेक्सिकन नागरिक सवार थिए।
24
Shares
प्रतिक्रिया