सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताएका छन्।
शेर्पाले नेपालखबरलाई बताएअनुसार लिखुपिके गाउँपालिका-५ लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
‘अहिले हामी त्यहाँ नजिकको मान्छेलाई पठाउँदैछौँ। पालिकाबाट गाडीमा जान २ घण्टा लाग्छ’, उनले भने, ‘स्थानीयले दिएको सूचना अनुसार हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको छ। त्यसमा सवार मान्छे जीवितै भेट्ने सम्भावना छैन।’
सुर्केबाट मंगलबार बिहान ५ मेक्सिकन यात्रुसहित उडेको उक्त हेलिकप्टर लाम्जुरा डाँडासम्म सम्पर्कमा रहेको थियो।
त्यसपछि काठमाडौंको टावरलाई ह्याण्ड ओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो। हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए।
सम्बन्धित समाचार
447
Shares
प्रतिक्रिया