ad ad

समाज


भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर सहयोग गर्ने

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपालखबर
असार २६, २०८० मंगलबार १२:५९, काठमाडौँ

गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर (करिब ९५ लाख) सहयोग गर्ने भएको छ।

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रेहका क्षेत्रका गरिव जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो।

सोमवार मन्त्रालयमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते–योङले सम्झौता पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि मध्यपुरथिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र उपमेयर विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो।

गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहँुच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत ५ वर्ष अर्थात सन् २०२७ सम्ममा परियोजना सम्पन्न गर्ने सम्झौता पनि भएको छ्।

९.५ मिलियन अमेरिकी डलर लागतमा बन्ने परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमी नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने छ। सम्झौता कार्यक्रममा बोल्दै अर्थ सचिव पोखरेलले कोरियासँग भक्तपुरका खोखिम रहेका जनतालाई स्वास्थ्य पहुँच दिनेगरी अस्पताल निर्माण गर्र्ने सम्झौता गर्न पाउँदा सरकार हर्षित भएको बताए।

उनले कोरियाको सहयोगले गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहँच लक्ष्य हासिल गर्ने बताए। उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारलाई धन्यवाद दिए। उनले आयोजनालाई सफल कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए।

नेपालका लागि कोरियाली राजदुत पार्क ते–याङले नयाँ अस्पताल सर्वसाधरणका लागि निकै उपयोगी हुने बताए। उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण अपेक्षा गरेको बताए। उनले उक्त सम्झौता कोरिया नेपालबीचको द्विपक्षीय कुटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन इच्छुक भएको बताए।

कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नजिकको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने भएको छ।
 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .