सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा नेपाल भ्रमणमा आएका ५ मेक्सिकन नागरिकको ज्यान गएको छ।
मंगलबार दुर्घटनामा परेका पाँचैजना मेक्सिकन आइतबार मात्रै भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर काठमाडौं आएका थिए।
उनीहरु नेपाल घुम्न १५ दिनको भिजिट भिसामा आएका थिए। एयर इन्डियामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको विमानस्थल अध्यागमन कार्यालयले जानकारी दिएको हो।
आइतबार काठमाडौंमा बसेर उनीहरु सोमबार मनाङ एयरको हेलिकप्टरमार्फत सोलुखुम्बुको लुक्ला पुगेका थिए। उनीहरु माउन्टेन फ्लाइटका लागि लुक्ला गएका थिए। सोमबार लुक्लामै बसेका उनीहरु मंगलबार काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
मनाङ एयरको उक्त हेलिकप्टर सीबी गुरुङले उडाएका थिए।
जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष थिए। मनाङ एयरले दिएको जानकारी अनुसार हेलिकप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस सवार थिए। उनीहरु मेक्सिकोदेखि नै सँगै नेपाल घुम्न आएका थिए।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि बिहान १० बजेर ५ मिनेट जाँदा उडेको हेलिकप्टर १० बजेर १३ मिनेट गएपछि सम्पर्कविहीन भएको थियो।
हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजी सुरु गरेको नेपाल प्रहरीको टोलीले सोलुखुम्बुकै दूधकुण्ड नगरपालिका २ र सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५ स्थित सिमानामा पर्ने लामाजुरामा दुर्घटनामा परेको थियो।
लामाजुरास्थित रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा बेनी प्रहरी चौकीबाट गएको प्रहरी सहायक निरीक्षक निराजन बस्नेत नेतृत्वको टोलीले फेला पारेको हो। दुर्घटनास्थलमा ५ वटा शव फेला पारेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए।
अहिले दुर्घटनास्थलमा काठमाडौंबाट हेलिकप्टरमा थप टोली गएको छ। आसपासका क्षेत्रबाट प्रहरी र स्थानीय पनि दुर्घटनास्थलतर्फ गएका छन्।
उनीहरुको शव आजै काठमाडौं ल्याइँदै छ।
यो पनि पढ्नुहोस्:
- ५ जना विदेशी यात्रु सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
- सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर
- मनाङ हेलिकप्टर : १० बजेर १२ मिनेटसम्म सम्पर्कमै थिए पाइलट
- स्थानीयले दिए लामाजुरामा हेलिकप्टर दुर्घटनाको सूचना, प्रहरी टोली जाँदै
- बेपत्ता हेलिकप्टरमा सवार पाँचै जना मेक्सिकन नागरिक
- बेपत्ता हेलिकोप्टर खोज्न अर्को हेलिकप्टर परिचालन
- लिखुपिकेका उपाध्यक्ष भन्छन् : लाम्जुराको च्यानडाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सुन्यौँ
- स्थानीय भन्छन्- हेलिकप्टर पहाडमा ठोक्किएको आवाज सुन्यौँ
- यी हुन् मनाङको हेलिकप्टरमा सवार ५ मेक्सिकन नागरिक
- चिनियाँ सहयोगका आयोजना तीव्र गतिमा अगाडि बढाउने सहमति
- रुखमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङको हेलिकप्टर, पाँचवटा शव भेटिए
- हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक १५ दिने भिसामा आइतबार आएका थिए काठमाडौं
- उडानअघि सुर्केमा पाइलटले भनेका थिए- हतार छ, ११ बजे काठमाडौं पुग्नुपर्छ
- हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको पुष्टि
- उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थल नजिक अवतरण हुन सकेनन्
- चार वर्षअघि सोलुखुम्बुमै दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन गुरुङ
- सोलुखुम्बु दुर्घटना : उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पनि पुग्यो
- मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाउने
Shares
प्रतिक्रिया