मौसम खराबी हुँदा उद्दारका लागि गएको हेलिकप्टर मनाङ एयरको दुर्घटनास्थलमा अवतरण गर्न सकेका छैनन्।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक तथा उद्धार समन्वय समितिका संयोजक प्रतावबाबु तिवारीले हेलिकप्टर दुर्घटनास्थलमा बस्न नसकेको बताए।
तिवारीले सोलुखुम्बुको लामाजुरा नजिक हेलिकप्टर दुर्घटनास्थलमा भेटिएको बताएका छन्।
‘यात्रुको उद्दारका लागि परिचालन गरिएका २ वटा हेलिकोप्टर मौसम खराबीका कारण दुर्घटना स्थलमा अवतरण गर्न कठिनाई भएकोले नजिकको स्थलमा अवतरण गरी उद्दारको प्रयास भैरहेको छ,’ तिवारीले भने।
दुर्घटनाग्रस्त हेलिकप्टरमा नेपाली पाइलट सहित ५ म्याक्सिकन नागरिक थिए।
102
Shares
प्रतिक्रिया