ad ad

समाज


पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १६:९, काठमाडौँ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतलाई उपस्थित गराउन आदेश दिएका हुन्। 

गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सुरुमा २ दिन र अन्य अभियुक्तसँगै थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ। 

 बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हालसम्म १८ जना पक्राउ परेक छन्। गत आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरि घिमिरेलाई पनि सुरुमा दुई दिन र पछि थप ५ दिन हिरासतमा राख्न अनुमति मिलिसकेको छ।

गत आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .