राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमै चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार बिहान राष्ट्रपति कार्यालय परिसरभित्र बर–पीपल रोप्दै चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका हुन्।
राष्ट्रपति पौडेलले बर–पीपलसहितको चौतारो र पोखरी निर्माणका लागि निर्वाचित भएलगतै कार्यालयलाई निर्देशन दिएका थिए।
उनले बिहीबार पूजा अर्चनासहित शीतल निवासमा वर–पीपल रोपेका हुन्।
राष्ट्रपति भवनको पश्चिमतर्फको भागमा चौतारो निर्माणका लागि वरपीपल रोपिएको हो। त्यो स्थानभन्दा तल्लो खोल्सामा पोखरी निर्माण गर्ने योजना छ।
27
Shares
प्रतिक्रिया