ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभाषे राख्ने भएको छ।
राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच क्लिनिकमा दोभासे राखेर उपचार गर्ने सम्झौता भएको छ।
क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा समेत सहज होस् भन्ने उद्देश्यले सो व्यवस्था गरेको जनाएको छ।
यस्तै, राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सिफारिसपत्र ल्याए सम्पूर्ण सेवा निःशुल्क हुने क्लिनिकले जनाएको छ।
यस्तै, श्रवणशक्ति गुमाएकाहरूलाई विभिन्न परीक्षणको सेवामा २५ प्रतिशत तथा औषधि र खोपमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।
क्लिन वान २०७२ सालदेखि सञ्चालनमा आएको हो । सुरुमा जाउलाखेलबाट स्वास्थ्य सेवा थालनी गरेको क्लिन वानले २ वर्षअघि भक्तपुरमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।
27
Shares
प्रतिक्रिया