ad ad

समाज


काठमाडौंको फोहोर विसर्जनमा फेरि अवरोध, ५० वटा ट्रक बञ्चरेडाँडावासीले बाटैमा रोके

काठमाडौंको फोहोर विसर्जनमा फेरि अवरोध, ५० वटा ट्रक बञ्चरेडाँडावासीले बाटैमा रोके

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार ९:२४, काठमाडौँ

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीले पुन: अवरोध गरेका छन्। 

सोमबार बिहानैदेखि नुवाकोट ककनी गाउँपालिकाका र धादिङको धुनबेसी १ का जनप्रतिनिधि र स्थानीयले अवरोध गरेका हुन्। आफूहरूले राखेको माग सम्बोधन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको ककनी गाउँपालिका ३ का वडाअध्यक्ष घननाथ बजगाईले जानकारी दिए।

अवरोधपछि काठमाडौं उपत्याकाको फोहोर बोवकेर ल्यान्डफिल साइट सिसडोल/वञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन्। फोहोरले स्थानीयकोव स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि आफूहरू पुन: आन्दोलनमा उत्रन बाध्य भएको वडाअध्यक्ष बजगाईले बताए।

काठमाडौंको फोहोरका कारण जनस्वास्थ्यमा असर देखिएको भन्दै धुनिबेसी र ककनीका नागरिकहरू लामो समययता आन्दोलनमा छन्। अघिल्लो वर्ष भदौमा पनि लामो आन्दोलन गरेका उनीहरू काठमाडौं महानगरसँग ४ बुँदे सहमति गरेपछि आन्दोलनबाट फिर्ता भएका थिए। तर त्यो सहमति कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .