ad ad

समाज


सब-इन्जिनियरको मृत्यु प्रकरण : एक्साभेटर अपरेटरसहित तीनजना समातिए

सब-इन्जिनियरको मृत्यु प्रकरण : एक्साभेटर अपरेटरसहित तीनजना समातिए

फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८० बुधबार ११:३१, काठमाडौँ

गत जेठ ९ गते भोजपुरको टेम्कैमैयुङ गाउँपालिका-९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब-इन्जिनियर मन्दीप राईको मृत्यु प्रकरणमा प्रहरीले दुई महिनापछि तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख तथा डीएसपी शरदकुमार थापाको कार्यशैलीलाई लिएर सोमबार नागरिक समाज र विभिन्न घटनाका पीडितपक्षले आन्दोलन घोषणा गरेलगत्तै तीनजना पक्राउ परेका हुन्। 

सब-इन्जिनियर राईको मृत्यु प्रकरणमा पक्राउ पर्नेहरुमा एक्साभेटर अपरेटर सम्राट केसी, सह-अपरेटर विष्णु भुजेल र पुल निर्माणको काम गरिरहेका ठेकेदार बालम राई छन्। 

उनीहरुलाई मंगलबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी क्षेत्रीले जानकारी दिए। 

डीएसपी क्षेत्रीले उक्त घटनाबारे आफू गम्भीर रहेको  बताउँदै  पोस्मार्टम र अन्य रिर्पोट आउन बाँकी रहेको जानकारी दिए।

उनले रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउन सजिलो हुने जानकारी दिए। 

टेम्कैमैयुङ गाउँपालिका-९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल बनाउन खटिएका त्यही गाउँपालिकाको कार्यालयमा कार्यरत सब-इन्जिनियर राईको मृत्यु भएको थियो।

त्यसबेला राउते खोलामा अचानक आएको बाढीले मृत्यु भएको बताइए पनि उनको परिवारले घटना शंकास्पद भन्दै जाहेरी दिएको थियो।

तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि जिल्लास्थित नागरिक समाज र पीडित पक्षले सोमबारदेखि आन्दोलन थालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .