ad ad

समाज


काठमाडौंमा ट्राफिक प्रहरीको ‘यात्रुसँग २ मिनेट’

काठमाडौंमा ट्राफिक प्रहरीको ‘यात्रुसँग २ मिनेट’

नेपालखबर
साउन ३, २०८० बुधबार १३:३५, काठमाडौँ

कठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले बुधबारदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर कार्यक्रम सुरु  गरेका हुन्। 

गाडी पूर्ण रुपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन्।  

सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपुर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको हो। 

मादक तथा र लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा र नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले यात्रुलाई अनुरोध  गरे। 
  

बस बिसौनीबाट मात्र गाडी चढौँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौँ, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य अपराधिक कृयाकलापबाट बचौँ लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नु पर्ने आधारभुत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ। ट्राफिक जनचेतना अभिवृद्दिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको छ। 

यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्युरोड, शान्तिवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायत भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .