ad ad

समाज


रन्जु दर्शनाको स्कुलमा अध्यापन गर्ने चाहना

रन्जु दर्शनाको स्कुलमा अध्यापन गर्ने चाहना

नेपालखबर
साउन ३, २०८० बुधबार १६:४९, काठमाडौँ

विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले विद्यालयमा अध्यापन गर्ने भएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै दर्शनाले नयाँ शैक्षिक सत्र सुरुवातसँगै कक्षा ११ र १२ मा सोसल स्टडिज अध्यापन गराउने बताएकी छन्।

अघिल्लो स्थानीय निर्वाचन (२०७४) मा काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धी मत ल्याएपछि उनको चर्चा चुलिएको थियो।

विवेकशील साझा पार्टीमा विभाजन र उज्ज्वल थापाको निधनपछि भने सो दलले अपेक्षाकृत जनमत प्राप्त गर्न सकेन।

पछिल्लो समय राजनीतिसँगै सेलरोटी बेचेरसमेत उनले चर्चा कमाएकी थिइन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .