रसुवामा लम्पीस्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन्। पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन्। हालसम्म जिल्लामा लम्पीस्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन्।
'रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ,' उनले भने। गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पीस्किनबाट सङ्क्रमित छन्। लम्पीस्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ। हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन्।
जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पीस्किन रोगबाट पशुचौपायामा क्षति भएको छ। आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया