नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा सडक मात्रै नभएर हवाई मार्गको समेत प्रयोग भइरहेको र त्यसमा सरकारको नेतृत्व गरिररहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा उनले केही दिनअघि इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन मिलेमतोमा छुटाउने प्रयास भएको र बुधबार एयरपोर्टबाटै १ क्विन्टल सुन समातिएका घटनालाई संसद्को ध्यान गम्भीर रुपमा जानुपर्ने बताए।
'केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो, हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ,' उनले भने, 'एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो। त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ।'
उनले यस्ता घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन्।
Shares
प्रतिक्रिया