सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिल सामग्री पठाउने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा जिल्लाको हल्दिबारी गाउँपालिका–४ घर भएका वर्ष २७ को चन्दन राजवंशी रहेका छन्।
प्रहरीका अनुसार चन्दनले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुमा साथी बनी पीडित महिलासँग नजिक भई अनलाइन वार्तालाप गर्ने गर्थे। वार्तालापको फोटो तथा भिडिओ गोप्य रूपमा पीडित महिलाको जानकारी बिना अभिलेख गर्ने र उक्त अभिलेखित श्रव्य–दृश्य देखाउँदै ब्यालकमेल गरी दुःख हैरानी दिने गर्दथे।
साथै पछिल्लो समय उक्त सामग्रीहरू पीडितका आफन्त तथा सामाजिक सञ्जालका साथीहरूलाई समेत पठाई चरित्र हत्या गर्ने गर्दथे।
कारबाहीका लागि पीडित महिलाले प्रहरीको अपराध अनुसन्धान ब्यूरोमा दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरेको हो।
राजवंशीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया