त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी लिएको छ।
बिहीबार उच्च अदालत पाटनबाट थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी जारी भएको राजस्व अनुसन्धान विभाग स्रोतले नेपालखबरलाई जानकारी दियो।
यसअघि यो प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि उच्च अदालत पाटनले अनुमति दिइसकेको छ।
बुधबार बिहान विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदैगर्दा एक सय किलो सुन पक्राउ परेको थियो।
पक्राउ परेको सुन बिहीबार नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगी जोखिएको छ। उक्त सुन जोख्दा १५५ केजी रहेको अनुसन्धान विभाग स्रोतले बताएको छ।
यो पनि पढ्नुहोस्ः
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक
- सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति
609
Shares
प्रतिक्रिया