ad ad

समाज


मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

वाशुदेव मिश्र
माघ ४, २०७६ शनिबार ११:३६,

 मनाङ पदयात्रामा गएका ४ जना चिनियाँ नागरिकहरु सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार राउन्ड अन्नपूर्णको थोरङ्लापास गर्न गएका ४ जना चिनियाँहरु पुस २७ गते मनाङ पुगेका थिए। मनाङको निस्याङ गाउँपालिाका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा नाम दर्ता गराएर अघि बढेका उनीहरुले हालसम्म थोरङ्ला पास पनि नगरेको र सम्पर्कमा पनि नआएको प्रदेश प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार इजी ११९२६२ नम्बरको पासपोर्ट बाहक हुङ युयिन, पासपोर्ट नम्बर इओ ५२५६४८० बाहक क्याट सिउ तिङ नामक महिलासहित मा क्विनिल र एन्वद झाड नामक दुई पुरुष सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .