सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुलीमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए।
उनीहरुलाई विभागले आजै पक्राउ गरेको थियो।
यसअघि सुन बरामद भएकै दिन गत बुधबार पक्राउ परेका छ जनामाथि १० दिन र त्यसको अर्को दिन पक्राउ परेका चारजनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो।
नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन्।
यस्तै १० दिन म्याद लिएर अनुसन्धान जारी रहेकाहरुमा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्।
गत साउन ३ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला भन्सार कार्यालय अगाडिबाट विभागले झन्डै एक सय किलो सुन बरामद गरेको थियो।
हङकङबाट ल्याइएको उक्त सुनको परीक्षण र तौल लिनका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको छ।
यो पनि पढ्नुहोस्ः
- हङकङबाट यसरी काठमाडौं पठाइयो सुन, मिस लीले मध्यराति रोकिन् १५२ किलोको सिपिङ
- सय केजी सुन प्रकरण : छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक
- सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति
- सय किलो सुन तस्करी : राजस्वले लियो थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- सय केजी सुन तस्करी : काठमाडौंबाट थप दुईजना पक्राउ
- सय केजी सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)
- सय किलो सुन ल्याउनेले ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो
Shares
प्रतिक्रिया