अहिले देशभर नै पानी परिरहेको छ भने कतिपय जिल्लामा ठूलो वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षा भएका स्थानमा सतर्कता अपनाउन भन्दै ‘अलर्ट’ जारी गरेको छ।
विभागका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली आसपास भारी वर्षा भएको छ।
त्यसैले उक्त जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम देखिएको तथा राजमार्ग बन्द हुनसक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
हेर्नुहोस् सूचना–
श्रावण९,बिहान ७;३०
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 25, 2023
पछिल्लो ३घण्टामा मकवानपुर,चितवन,तनहुँ,#नवलपरासी,#पाल्पा, रूपन्देही,कपिलवस्तु,दाङ,#प्यूठान,बर्दिया,कैलाली आसपास भारी बर्षा मापन,उक्त जिल्लाका साना #खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम,#राजमार्ग अवरूद्द हुन सक्ने,यात्रा गर्दा सतर्कता अपनाऔ pic.twitter.com/jUfZQ2XCeh
यो पनि : दिउँसो पाँच, राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
Shares
प्रतिक्रिया