ad ad

समाज


रास्वपाका जिल्ला अध्यक्षले पत्रकारलाई बन्धक बनाएर कुटे, महासंघको आपत्ति

रास्वपाका जिल्ला अध्यक्षले पत्रकारलाई बन्धक बनाएर कुटे, महासंघको आपत्ति

सांकेतिक तस्बिर


नेपालखबर
साउन ९, २०८० मंगलबार १६:१३, काठमाडौँ

नेपाल पत्रकार महासंघले बझाङ शाखाका सदस्य एवं रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई अपहरण गरेर बन्दी बनाएर आक्रमण गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

साउन ८ गते सोमबार होटल होलिडे इनका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा पत्रकार मण्डेललाई निवासबाटै अपहरण गरेर बन्दी बनाइ आक्रमण गरिएको महासंघ बझाङ शाखाले जनाएको छ।

महासंघले मंगलबार विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेको छ।

‘अमानवीय र अपराधिक शैलीमा पत्रकारमाथि गरिएको आक्रमणको यो घटना प्रेस स्वतन्त्रताविरोधी हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .