संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताए।
‘प्रकृतिलाई स्वीकारेर खेल्न सक्नेहरू सधैँ सुखी हुन्छ। प्रकृतिकै हामी फूल हौँ, हामी सबै खुशी हुनुपर्छ,’ उनले भने, ‘कति समाजमा अहिले पनि तुच्छ व्यवहार गरिन्छ। जो शब्दमा हामी सुन्न र स्वीकार्न सक्दैनौँ। प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी हुन्।’
उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने बताए।
उनले प्रकृतिको बिरोध गरी प्रकृति मास्नेहरू समाजविरोधी भएको बताए।
‘ती समाजहरु प्रकृति बिरोधी समाज हुन्। जो आफू सभ्य, बुद्धिजीवि भएर प्रस्तुत हुन्छन्, उनीहरुले यो प्रकृतिलाई स्वीकार्न सक्दैनन् भने हामी उनीहरुलाई बुद्धिजीवि भन्न सक्दैनौँ,’ उनले भने।
मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताए।
Shares
प्रतिक्रिया