सशस्त्र प्रहरीले सिरहा जिल्लाबाट २९ लाख रुपैयाँ बराबरको स्याउसहित मिनीट्रक बरामद गरेको छ।
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ३० लाख ३६ हजार रुपैयाँ बराबरको स्याउसहित एउटा मिनिट्रक नियन्त्रणमा लिएको हो।
स १ ख ६०० नम्बरको मिनिट्रकमा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय ३४ कार्टुन स्याउसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले नियन्त्रणमा लिएको हो।
ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए।
132
Shares
प्रतिक्रिया