आज (सोमबार) बिहानैदेखि काठमाडौं उपत्यकामा घाम देखिएको छ।
तर दिउँसो बादल बढ्दै गएर मौसम बदली र वर्षा हुने सम्भवना रहेको मौसमविद्ले बताएका छन्।
‘काठमाडौं उपत्यकामा अहिले (बिहान) त मौसम खुलेको छ’, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘तर बिस्तारै बादल बढ्दै गएर अपराह्नपछि वर्षा हुने सम्भावना छ।’
उनका अनुसार आज उपत्यकामा त्यस्तो ठूलो वर्षाको सम्भावना भने देखिएको छैन।
‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ’, उनले भनिन्, ‘तर उपत्यकाभरि एकनासको वर्षा हुँदैन, कतै हल्का त कतै मध्यम वर्षा हुने सम्भावना छ।’
81
Shares
प्रतिक्रिया