ad ad

समाज


विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

फाइल तस्बिर


नेपालखबर
साउन १८, २०८० बिहिबार १०:१२, काठमाडौँ

समुदाय-विशेषलाई चोट पुग्नेगरी विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन्।

आन्दोलनरत तामाङ, मगर समुदायका व्यक्तिहरूले दुई साताअघि दिएको उजुरीका आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई हिरासतमा राख्न अदालतले अनुमति नदिएपछि त्यही दिन छाडिएको हो। 

बुधबार पक्राउ गरेर प्रहरीले अधिवक्ता पाण्डेलाई बुधबारै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। 

तर उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले म्याद थपको अनुमति नदिएको प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए। उनका अनुसार अधिवक्ता पाण्डेले आफ्नो विवादित अभिव्यक्तिका विषयमा सार्वजनिक रूपमा माफी मागिसकेको तथा प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न अनुमति नदिएको हो। सोही कारण उनलाई हिजै छाडिएको हो। 

पाण्डेले एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारविरुद्ध टिप्पणी गरेपछि ती समुदाय आक्रोशित र आन्दोलित भएका छन्।हिजो उनीहरूले काठमाडौंमा विरोध प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको थियो भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको थियो। उनीहरूलाई पनि हिजै रिहा गरिएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .