ad ad

समाज


चितवनमा ४० हजार चालकलाई कारबाही

चितवनमा ४० हजार चालकलाई कारबाही

नेपालखबर
साउन १९, २०८० शुक्रबार ८:५४, चितवन

चितवनमा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उलंघन गर्ने ४० हजार ६ सय ६४ सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

कारबाहीमा परेका चालकबाट तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन  भएको छ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उलंघन गर्ने चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।  

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ छन्।

गत आवमा चितवनमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए।  त्यसक्रममा ७८ जनाको मृत्यु भएको थियो।

ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएका थिए।

सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडक खण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .