ad ad

समाज


पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, पर्यटकलाई सास्ती

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, पर्यटकलाई सास्ती

फाइल फोटो


नेपालखबर
साउन १९, २०८० शुक्रबार ९:१२, बागलुङ

अबिरल वर्षाका कारण पहिरो जाँदा बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ।

सालझण्डी–ढोरपाटन सडक आयोजनाको बुर्तिबाङ-ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका-५ र ६ को सीमाना दोगाडी नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पनि पन्छाउन सकिएको छैन।  बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ।

दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको कायतले बताए। ‘पहिरो पन्छाएर सवारी साधन सञ्चालनको तयारी भइरहेको छ,’  उनले भने।

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र परेका छन्। ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन पनि पहिरोले ठप्प छन्।

अहिले ढोरपाटन घुम्ने याम भएकोले पर्यटक बढी मारमा परेका उपप्रमुख कायतले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .