भारतको उत्तराखण्ड राज्यस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार राति झरेको पहिरोमा परेर बेपत्ता १३ नेपालीको खोजी तथा उद्धारमा विशेष चासो दिन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन्।
प्रसिद्ध धाम केदारनाथ जाने बाटोमा पर्ने उक्त स्थानमा झरेको पहिरो मन्दाकिनी नदीमा मिसिँदा १३ जना नेपालीसहित १९ जना बेपत्ता भइरहेका छन्।
उक्त घटनालाई लिएर सभामुख घिमिरेले दु:ख व्यक्त गरेका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
घिमिरेले बेपत्ता नेपालीहरुको खोज तथा उद्धारका लागि भारतीय प्रशासनलाई पनि आग्रह गरेका छन्।
18
Shares
प्रतिक्रिया