ad ad

समाज


उच्च अदालतको आदेश- काठमाडौंका व्यापारिक कम्प्लेक्समा पार्किङ शुल्क उठाउन नरोक्नू

उच्च अदालतको आदेश- काठमाडौंका व्यापारिक कम्प्लेक्समा पार्किङ शुल्क उठाउन नरोक्नू

नेपालखबर
साउन २२, २०८० सोमबार २०:३०, काठमाडौँ

काठमाडौं महानगरभित्रका व्यापारिक कम्प्लेक्सले ग्राहकसँग उठाउँदै आएको पार्किङ शुल्क नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। 

महानगरले ग्राहकसँग पार्किङ उठाउन नपाउने व्यवस्था गरेको थियो। सो कानुनी व्यवस्थाविरुद्ध व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सोमबार  महानगरसँग लिखित जवाफ माग गरेको छ। 

व्यापारिक कम्‍प्लेक्सभित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको हो।

कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो। 

उच्च अदालतले साउन ३० गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .