ad ad

समाज


बाढीले बीपी राजमार्ग चार घण्टादेखि अवरुद्ध, हजारौँ यात्रु अलपत्र

बाढीले बीपी राजमार्ग चार घण्टादेखि अवरुद्ध, हजारौँ यात्रु अलपत्र

तस्बिर : सौरभ ढकाल


नेपालखबर
साउन २३, २०८० मंगलबार १२:४१, काठमाडौँ

पूर्वी नेपालर्तफ जाने बीपी राजमार्ग बाढीका कारण अवरुद्ध भएको छ। 

लगातारको वर्षापछि राजमार्गका विभिन्न ठाउँमा बाढी र पहिरो झरेको छ। 

राजमार्गअन्तर्गतका कयौँ खहरेमा उर्लिएको बाढीका कारण बीपी राजमार्ग अवरुद्ध भएको हो। 

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, कालढुङमा खहरेको बाढीले सडकको केही भाग नै बगाएर लगेको छ।

त्यसका कारण सयौँ गाडी र हजारौँ यात्रु चार घण्टादेखि अलपत्र अवस्थामा छन्। 

बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो झरेर यातायात अवरुद्ध भएको छ।

उता सिन्धुलीको दुम्जामा माथिबाट लेदो खसेर राजमार्ग अवरुद्ध भएको छ। अर्कातिर मात्ती र भ्याकुरे खोलामा बाढी आएर सवारी आवतजावत पनि बन्द भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .