काठमाडौंबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। भोजपुरको टम्केमैयुङ गाउँपालिका–२ सिर्दलीमा भएको दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरुको अनुहार र छातिमा चोट लागेको छ।
भोजपुर नगरपालिका वडा नं ७ बस्ने वर्ष ४९ सिराजसर्मा लुईटेल, ईलाम माङसेवुङ १ बस्ने वर्ष ३० को सुरेन्द्र राई र मोरङ जिल्ला सुन्दरहरैचा ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाइते भएका छन्।
घाइतेहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। गम्भीर घाइते भएकाहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ।
अन्य घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका वडा नं ६ बस्ने चालक वर्ष २७ का अहिर प्रधान, भोजपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष ३० को नविन राई, भोजपुर नगरपालिका वडा नं ४ बस्ने वर्ष ४४ का पुर्ण प्रधान, सोहि ठाउँ बस्ने वर्ष १९ कि सन्ध्या प्रधान, वर्ष ३३ का कौशल हिमाङ, धनकुटा नगरपालिका ७ बस्ने वर्ष ३१ का टेकेन्द्र राई, झापा शिवसतासी २ वस्ने वर्ष ३१ का लोक बहादुर तामाङ र टेम्केमैयुङ गाउँपालिका वडा नं ७ बस्ने वर्ष २५ को सुनिल प्रधान रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ।
Shares
प्रतिक्रिया