ad ad

समाज


काठमाडौंमा पानीपुरी, चटपटे र प्लास्टिकमा दूध बेच्न रोक लगाउने तयारी

काठमाडौंमा पानीपुरी, चटपटे र प्लास्टिकमा दूध बेच्न रोक लगाउने तयारी

नेपालखबर
साउन २८, २०८० आइतबार १७:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ लगायतका खाद्यान्नमा रोक लगाउने तयारी अघि बढाएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले बर्खायाममा पानीसँगै फैलिने रोगको संक्रमण हुन नदिन बजार अनुगम तिव्र बनाउने निर्णय गरेको छ। 

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्यवस्तुको अनुगमन गनर्न निर्देशन गरेकी छिन्। 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता वस्तु निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बैठकमा बताए।

‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गर्नुभएको छ। यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ,’ उनले भने, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ।’

बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्याङ्कन समितिका सदस्य राजेन्द्र मानन्धरले, फाल्नु पर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .