ad ad

समाज


जडिबुटीमा मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय पुरुषको मृत्यु

जडिबुटीमा मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय पुरुषको मृत्यु

नेपालखबर
असोज १५, २०८१ मंगलबार १२:२५, काठमाडौँ

काठमाडौँको जडिबुटीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका- ३२ जडिबुटीमा बा.प्र ०२-०४९ प २६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा काभ्रेको खानीखोला
गाउँपालिका-१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको मृत्यु भएको हो। 

जडिबुटीमा डेरा गरेर बस्दै आएका लोप्चनलाई सोमबार राति मोटरसाइकलले ठक्कर दिएको थियो। 

गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .