ad ad

समाज


दामन घटना अपडेट: रिसोर्टको कोठामा हिटर बालेर सुतेका थिए ४ बालबालिकासहित ८ जना भारतीय

दामन घटना अपडेट: रिसोर्टको कोठामा हिटर बालेर सुतेका थिए ४ बालबालिकासहित ८ जना भारतीय

नेपालखबर
माघ ७, २०७६ मंगलबार ६:३६,

मकवानपुरको थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट पानाेरमा रिसोर्टमा मंगलबार बिहान अचेत भेटिएका ८ भारतीयकाे मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले आठै जनाको मृत्यु भएको पुष्टि गरेका हुन्।

भारतको केरलाबाट नेपाल घुम्न आएका १५ जनामध्ये प्रवीणकृष्ण नायर, सांख्य शशी, श्रीभद्र, आर्या प्रवीण, अभिनव स्वरांगे नायर, वैष्णव रञ्जित, रञ्जित तुमार र इन्द्र लक्ष्मीको मृत्यु भएको हो।

मकवानपुर प्रहरीका अनुसार उनीहरु घुमफिरको लागि नेपाल आएका थिए। रिसोर्टमा राति आएका उनीहरू हिटर लगाएर झ्यालढोका डामडुम लगाएर सुतेका थिए। हेर्दाखेरि बेहोस भएको देखिएको घटनास्थलबाट एक प्रहरीले जानकारी दिए। 

DamanResort2

मृतकमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष रहेका छन्। 

प्रहरीले बिहान ८ बजे यसबारे जानकारी पाएको थियो। रिसोर्टका वेटरले ७ बजे चिया लैजाँदा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आठ जना घाइतेलाई काठमाडौं उपचारका लागि पठाइएको थियो। तर अस्पताल पुर्याइएलगत्तै उनीहरुको मृत्यु भएको घोषणा गरिएको थियो। हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

मृतक आठै जना एउटा कोठामा बसेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .