ad ad

समाज


६० किलो सुन तस्करी प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ

बरामद सुन गालिसकेपछि


नेपालखबर
भदौ १, २०८० शुक्रबार ९:३, काठमाडौँ

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई गिरफ्तार गरिएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा काठमाडौंबाट बिहीबार राति दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। 

यो खबर लेख्दासम्म प्रहरीले उनीहरुकाे नाम भने खुलाइसकेको छैन। 

यसअघि सोही प्रकरणमा गत साउन ३१ गते पनि प्रहरीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ।

गत साउन ३ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट बाहिरिएपछि राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।  

सुन बरामद भएदेखि विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। 

सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ।

तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ।

उक्त सुन व्यापारी राकेश अदुकियाले नै भित्र्याएको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन राजस्वले सीआईबीलाई बुझाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .