ad ad

समाज


भारतीय भूमिमा नेपाली युवकको शव फेला

भारतीय भूमिमा नेपाली युवकको शव फेला

नेपालखबर
भदौ १, २०८० शुक्रबार ९:४५, सर्लाही

सर्लाहीका एक युवकको शव भारतीय भूमिमा फेला परेको छ।

सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका- ४ घर भएका ३५ वर्षीय रवानी हुसेनको शव मलंगवा नजिकैको भारतीय भूमिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

हुसेन लागूऔषध प्रयोग कर्ता रहेका आफन्तहरुको भनाई छ। 


बिहीबार नेपाल भारत सीमा क्षेत्र नजिकै भारत तर्फको धान खेतमा हुसेनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

उनको शव पोष्टमार्टमपछि आफन्तले बुझि लगेका छन्। हुसेनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .