उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका- १३ भातीखर्क घर भई हाल त्रियुगा- ११ पिजीचोक बस्ने ३५ वर्षीया अनिता खड्काको स्थानीय जंगलमा खाँस काट्न रुखमा चढेको बेला लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई घाँस काट्न गएकी खड्का हाडेको रुखमा चढेको बेला हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन्।
तत्कालै स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
खड्काको शवलाई जिल्ला अस्पतालमा परीक्षण गर्ने तयारी भइरहेको जिप्रका उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। रासस
42
Shares
प्रतिक्रिया