काभ्रेमा एक व्यक्तिले चिर्पटले हानेर आफ्नी पत्नीको हत्या गरेका छन्।
पाँचखाल नगरपालिका-१२ निवासी ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीको हत्या गरेका प्रहरीले जनाएको छ।
पतिको चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी कुमारीको उपचारको क्रममा आइतबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पत्नीको हत्यामा संलग्न माझीलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ।
234
Shares
प्रतिक्रिया