बर्दियाको मधुबन नगरपालिका–७ गंगाबस्तीस्थित गोपाल मगरको मकै बारीमा चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा १४ थान गोलिया काठ बरामद भएको छ।
ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरी टोलीले साल जातको १४ गोलिया अबैध काठ (अन्दाजी ६७.४१ क्यू फिट) बरामद गरेको हो। जसको हालको मूल्य अन्दाजी १ लाख ६८ हजार ५२५ रुपैयाँ पर्दछ ।
उल्लेखित काठ गते आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
सामान बरामद
यता, बर्दियाकै बढैयाताल गाउँपालिका–२ फुटाहस्थित ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न पोलिथिन, बच्चाले खाने चुरन, डटपेन, पेन्सिल, लड्डु मिठाई, मिल्क मिठाई गरी जम्मा रू. १७ हजार १४० रुपैयाँ बराबरको सामानहरु बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाइने प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया