ad ad

समाज


सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

नेपालखबर
भदौ ५, २०८० मंगलबार ८:३, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ। 

पछिल्लो समय पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूसँग बयान लिइरहेको सीआईबीले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारसँग सोमबार साँझ बयान लिएको हो। सो प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए।

यस्तै सीआईबीले फरार भनिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग पनि सोमबार बयान लिएको छ। 

यस्तै सीआईबीले फरार भनिएका तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग पनि सोमबार बयान लिएको छ।

यसअघि सोही प्रकरणमा आइतबार राति सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .