सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।
२०६४ सालको सि सं ७ बाट यसअघि ५६ जना डिएसपिमा बढुवा भईसकेको छन्। बाँकी मंगलबार बढुवा सिफारिस भएका हुन्।
यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि सं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिस भएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाले देखि नै बृत्तिबिकासमा ध्यान दिदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपी देखि सहायक हवल्दारसम्म ६ हजार ४ सय १३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ।
यस पटक ओएण्डएम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो।
महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो। सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओएण्डएम)मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ। हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ।
गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपी देखि सहायक हवलदार सम्मको बढुवाको लागि सुचना प्रकाशित गरेको थियो।
जसअनुसार करिब १ महिनाको बिचमा एसएसपी १२ , एसपी ५६ , डीएसपी ८४ , इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवलदार १ सय १८ , हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरि कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ।
Shares
प्रतिक्रिया