ad ad

समाज


काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

त्रिशूली किनारमा दुर्घटनाग्रस्त बस


नेपालखबर
भदौ ६, २०८० बुधबार १२:६, काठमाडौँ

काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार (आज) बिहान त्रिशूली नदीमा खसेको छ। 

धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो।  

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको हो। 

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .